असार १५ भए पनि

0
कविता 

साउनको १ भए पनि
यो असार १५ हो
जेठको अन्तिम भए पनि
यो असार १५ हो
झरी परेको बेलामा
अरुनै गते भए पनि
यो असार १५ हो
अरु कुनै महिना भए पनि
यो असार १५ हो
सुनिन्छ कानिखुसी यताउता
संसारकै सबैभन्दा सानो पुल
यहि पाइन्छ भनेको
झरी पर्दा/रेलिङ चढेर
पारी पुगेको दिन
असार १५ हो
कमलको पात जस्तो
ढुंगाको टापु तेर्साएर
एक्का-दुक्की गर्दै पल्लो छेउ पुगेको दिन
असार १५ हो
दहि च्युरा ज्युनार गरेर
आकासे पोखरीको सुनामीले भिजेको दिन
असार १५ हो
महानगर गए पनि
मिनि नगर गए पनि
माइक्रो नगर गए पनि
दुर्गम गाउँको वयस्क नगर गए पनि
झरिले निथ्रुक्कै भएर
नगर उत्ताउलो भएको दिन
असार १५ हो
खोपिल्टामा सुतेका क्यारेवियन सिहरु
क्यास्पियन सिहरु
देखेन थाल्ने बित्तिकै
त्यो दिन असार १५ हो
जे-जस्तो भए पनि
झरी परेर हिलो भएको दिन
असार १५ हो।

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*