कथा एउटा हाम्रो

0
Ghazal
Paana

गजल

कथा एउटा हाम्रो  प्रीतको, स्थापना गरुँ कि?
सङ्गीत एउटा हाम्रो  प्रीतको, सृजना गरुँ कि?


एक अर्काको  परिपुरक, हामी जति भैरहन्छौँ
वलिदानी दिएर आफ्नै ज्यान,साधना गरुँ कि?


तगारो  भै  विभेदहरु, जतिसुकै  आए  पनि
चोखो माया साक्षी राखेर, आलोचना गरुँ कि?


अर्को जन्ममा'नि हाम्रो  मिलन हुने वाचा गरि
एउटा महान  जितको आज, सम्झना गरुँ कि?


शान्त अनि सुन्दर संसार,आगन भरी सजाउन
एउटा  शालिन  घर  बसाउन,  प्रार्थना  गरुँ कि?

Tags

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*