मदानी को गित

0

Blog poem
कविता 
                                                                            

धान्नु छ एउटा कहर
तान्नु छ कहिल्यै नछिन्ने रहर
खिइन्छन यहाँ
खापिएका फुलबुट्टे भोलि पर्सिहरु
तैराउनु छ नौनी घ्यु जस्तो सधैं
नरम भविस्य
तर किन यस्तो लाग्छ!
यो आफ्नो माटो होइन जस्तो?
यहाँ आफ्नाहरु कोहि छैनन जस्तो?
सधै मूल्य मात्रै खोज्ने बाटो,दोबाटो
कतै लामो धेरै टाढा
कतै जता गए पनि अर्थ नलाग्ने
छुट्टिएका दोबाटाहरु
फिर्किनि लागाउदै दोहोर्‍याउदै
झिजो लाग्दो दैनिकी
टाँसिएको हुन्छ
आफ्नै आँखा अगाडि चित्र बनेर।
छान्नु छ छरपस्ट ताराहरु
साँध्नु छ अस्तव्यस्त अभिभारा
तर किन यस्तो लाग्छ यहाँ अझै!
यहाँ आफ्नो लागि केही छैन?
जहाँ कुनै पनि उम्किने ठाउँ छैन?
जब तुन्द्रुङ्ग अस्थित्व झुन्डिन्छ
नचाहिने सामान जस्तै गरि
चुबुर्को हुन्छ कहिलेकाही ।
कथा सबैसंग हुन्छ
योसंग होस कि त्योसंग
मसंग होस कि उसंग
आफ्नो आफैलाइ मार्मिक लाग्छ
अरुको अरुलाइ नै तार्किक लाग्छ
जे होस यहाँ
हान्नु छ तिर सहि विन्दुमा
जान्नु छ भेद एकाग्रतामा
फिरफिर घुम्ने अस्तित्व
सधै अरुको मतलबसंग अर्गेलो बन्छ
सधै आफ्नो खाँचोसंग अल्झिरहन्छ
तेसैले त,
प्रयोग हो जिन्दगी अरुको
वाध्यता हो जिन्दगी आफ्नो
त्यो चाहे सजिव होस कि निर्जिव
एकप्रकार को जिन्दगी हो उपयोगमा।



Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*