कथा

0
Junkiri
लक्ष्मी कला राई 'जुन्किरी'


निलो माइक्रो

सधैं झैँ आज पनि बेलुकाको साँढे सात बजिसकेछ.... `जाउँ है जाउँ! माकालबारी जाउँ!!´ निलो माइक्रो भित्र साँढबाट ड्राइभर करायो। ३३ मिनेट देखि पर्खिदा पर्खिदा बल्ल एउटा माइक्रो आएको छ छोड्ने कुरै भएन, साह्रै भिड थियो, थोरै क्षेत्रफलको त्यो माइक्रो भित्र लगभग ड्राइभर सिट र पछाडि गरेर १४ जना अट्ने छ। तर त्यहा १७ जना जति थिए। सबिता ब्याग च्यापेर छिरिन् स्वाट्टै, अनि माइक्रो भित्रको एक कुनामा टुसुक्क बसिन।

भन्नुस् न मत्तै म जाँ भनो तिहिंनेरा गाडी ड्याङ्गै रोकिदिन्छु।´अगाडि सिटमा बस्ने दुई युबक संग चढायो फुर्ती ड्राइभरले।ती दुई युबक चुच्चेपाटिमा   झरे। सिट खाली भएकोले  सबिता ड्राइभरको छेउको सिटमा बसिन्। बस्न पाएको खुसिले आनन्द संग सास फेरिन्। छेउमा अर्को एकजना दाइ आएर ढ्याप्प माइक्रोको ढोका ढप्क्यायो। `आफ्नो न छोराछोरी पाल्नु छ न के छ, के डर? ट्राफिक मुला को त एक छिस्को पनि डर छैन।´ ड्राइभर  आफै भटभटाउदै गयो। सबिता चुप लागेर बसिरहिन्। `टुसाल छ है भाई´ माइक्रोको सास्तिले लखतरान परेको आवाजमा एकजना आन्टि बोलिन्।

`हस्! जाँ हो त्याइँ रोक्छु।´ ड्राइभर ले आवाज दियो। टुसाल आइपुग्यो, टुसाल चोकमा पुगेर  माइक्रो रोकियो। `ओई! पर....पर...।´ औंला ले ड्राइभर को निलो माइक्रो तिर इसारा गरि आँखा तरेर बीच रोड बाट चाम बान्दै  ट्राफिक चिच्यायो।

खट्खट् खटटट...... पार्दै तुफान जसरी उडायो ड्राइभरले। झन्डै बौद्ध पुर्‍यायो टुसाल झर्ने आन्टिलाई। अभेग ठाउमा पुर्‍याएर माइक्रोबाट आन्टिलाइ ओराल्यो। आन्टी आफ्नै सुरमा बरबराउदै ओर्लिईन। धुलो को मुस्लो फ्याँकेर माइक्रोनै ठोक्काउला झैँ गरेर एउटा बस् अगाडिबाट गयो।माइक्रोको पछाडी पट्टि  लेखेको थियो "घुसखोरीलाई किरा परोस्।" नागरिक प्रतिको जिम्मेवारी र तेहि टेम्पोमा यात्रा गर्ने यात्री नागरिक बिचको भेदभाव उक्त माइक्रो भित्र छरलङ्ग थियो। जे होस हाम्रो यात्रा आफ्नै गन्तव्यमा थियो कुन्नी यि माइक्रोहरु कुन हालतमा कहाँ पुग्ने हुन.....!!

`क्या ल्याङ् दियो के यो बस् ले´ ड्राइभर नाक सिँ सिँ गर्दै बोल्यो।
`ओ भाइ! गाडी भाडा लिउ त। ओ हेल्लो भाइ!´ २० रुपैयाँ हातमा लिएर झ्याल बाहिर देखाउदै ड्राइभर सिट पछाडिको दाइ कराउन थाले। एउटा फुच्चेले फुत्त तानेर टप्क्यायो २० रुपैयाँ, `कस्तो मुला खाते बच्चा रैछ। लग्यो मुला थेत्तेरि।´  पैसा गुमाउनेले बोले। `दाइ यो माइक्रोमा खलासी देखिदैन, छैन होला पैसा ड्राइभर लाई नै दिनुपर्छ क्यारे!´ सबिता ले भनिन्।

'हजुर!´ ती दाइ बोले।

`आमा! खुसी कहाँ छ.........उस् उस् सुई सुई......´ घरी गित गायो घरी ओठ चुच्चो पार्दै सुइसुइला फुक्छ  त्यो ड्राइभर दाइ। एस्सो हेरिन् सबिताले अगाडि चालकको परिचयपत्र झुन्डिरहेको थियो। तेस्मा उस्को परिचय प्रष्ट खुलाइएको थियो। त्यति मात्र पढिन्। गेयर घुमाउदा सबिताको तिघ्रा तिर खुब प्रेस मार्दैथे ती ड्राइभर। सबिता ड्राइभर्को एस्तो चर्तीकलाले अप्ठ्यारो मानिरहेकि थिइन।काखमा ब्याग च्यापिएकै अवस्थामा बसेकी छिन् अचल अबस्थामा।

`क्या ल्याङ् गर्‍यो यार यो गोकर्णेस्वर बस् ले एल्लाई पूरा अट्याक गरेर लान्छु´ ड्राइभर जुरमुरियो। `इलामे बजार चियाबोरी राम्रो.....´ गित गायो… सुइसुइ सुसेली नै रहेथ्यो। ट्राफिक संग भाग्यो, फेरि फुर्ती पारिरहेकै छ, उसको रानिबन जत्तिकै गित गाउछ, घरी सुसेल्छ। सोच्न थाली सबिता `यो बोल्दाखेरी घाँटी चर्किने गरि के बोलेको होला! `क्या ल्याङ् ब्रो´ ड्राइभरको अस्वभाविक गतिबिधी देखेर मानी अचम्म।

`अरे हो चटपटे दिदी! के छ हो? गाडामा चटपटे दोकान राखेर बसेको एक महिला लाई गाडी रोकेर बोलायो ड्राइभरले। ड्राइभरको कुराले चटपटे दिदी मसक्कै भईन् `ओई! ओई!! यो बुढाले त फेरि क्या ल्याङ् हान्दियो.. सबै मान्छे उसैको माइक्रो मा लगेछ कस्तो छे…। सुरुमा त मै पुराउछु नि!´ माकालबारी जाने अर्को एउटा निलो माइक्रो अगाडी रोक्यो र मान्छे ओराल्यो। `ल है बुढा बिस्तारै आउ, म बिस्तारै जादै गर्छु, हाम्रो भेट माकालबारीमा हुन्छ।´ झ्यालपट्टि मुख फर्काएर प्यासेन्जरले मात्र सुन्नेगरी बोल्यो ड्राइभर, उडायो रोड खाल्डो मा मच्चाउदै माइक्रो लाई। `दाइ यहा छ है।´ सबिताले भनी। `कति न बलवान्, हिरो सम्झिन्छ आफूलाई।´ ड्राइभर प्रती घृणित भाव लछप्प पोखाउदै मन-मनै यस्तै सोच्दै ओठ लेब्र्याउदै ओर्लिइन् घर छेउको चोक अगाडि सबिता।

Tags

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*