Source online |
गजल
उस्तै उस्तै चाहाना बोकेर मिल्यौँ हामि आज
उभिएर भावनामा खोज्छौँ छाती छामी आज।।
जुन खोज्छ नि अँध्यारो रात शितमा नुहाउदै
तेहि सपनाले कथा बुन्यो आफ्नै ठानी आज।।
घम जुन जस्तै दिव्य ज्योती छरी चारैतिर यहाँ
तिम्रै सुवासले ल्यायो यहाँ तानितानी आज।।
संकल्प एउटा एस्तो छ जुन सम्झौता पनि हो
लेखेको छ छातिमा तिम्रो नाम प्रीत मानीआज।।
स्वीकार या नस्विकार जति मरिमेट्दा पनि
योमन त तिमी मै सल्कियो जानीनजानी आज।।