झोला

0
 झोला

भरिन्छ
पुग्दैन
थप्छु
बेला-बेला
यो अचम्मको
चुहिएको कुवा जस्तो
हेर्दा सानो छ आकार
अहिले भरिन्छ
भरे रित्तिन्छ
यो आफ्नै हो
आफैसंग रहन्छ
न छुट्छ साथ
न छुटाउन सकिन्छ
समुद्र जस्तो
कहिल्यै नपुरिने
आवश्यकता सधैं
निलिरहन्छ
पट्याएर राख्छु
दलिनको चेपमा
न थाक्छ यो
न पाक्छ यो
न गल्छ यो
न बिलाउछ यो
अचम्मको लाग्छ
सबैको खोजि
सबैको खाँचो
उघारिरहन्छ
आवस्यकताको पोका
भाग्दैन पो झोला
पुग्दैन पो इक्षा
झुक्दैन यो झोला
हुदैन पराजित
भरिन्छ झोला
रित्तिन्छ झोला
यो कस्तो झोला!
अचम्मको झोला!
सुम्सुमाउछु झोला
उत्सुकताले कहिले
हो कि न व्रम्हाण्ड यो
थप्दा कहिल्यै नथपिने
अदृश्य भण्डारले
सुसज्जित झोला!!

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*