हिजो जस्तै आज पनि

0
Momilans
गजल

गजल


हिजो जस्तै आज पनि,दिन भाकिन्छ यसरी
दिनभरको चर्खा घुमाइले थाकिन्छ यसरी।।


थाकेका रहर यी आँखाभरी सपना देख्छन
रित्तिएको व्यथा पुर्न थप मागिन्छ यसरी।।


परिधी थोरै छ वरिपरि साँध लागेको छ
मात्तिएको रात काट्न सिमा नाघिन्छ यसरी।।


परिकल्पना सुत्छ बतासको ओछ्यान माथी
निद्रा भित्रै तैरिदै पछि लागिन्छ यसरी।।


बुझाइ छ छोप्दा पनि देखिने बैँस जस्तो
स्वीकृति यदि मिल्छ भने चाखिन्छ यसरी।।

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*