हामी अँध्यारोमा निशाना चलाउनेहरु

0
कविता



उभिएको परिकल्पना
सिरानीको परिभाषा दिन सक्दैन
न्यानो सिरोक फलाक्न सक्दैन
किन कि
परिकल्पना भोलिको परिणाम हो
यहाँ
दुवै हातमा केही न केहि चाहनेको लागि
परिकल्पना जिब्रोको स्वाद हुन सक्छ
हामी हुन नसकेका फाटेका वादलहरु
हुरिवतासलाइ दोषी मान्छन
दैव संयोग
यहाँ यस्तै हुरिवतास चल्छ
मुखले हामी भएकाहरु
मुखले हामी फलाक्नेहरु
तेहि हुरिको मुल्कोमा फालहाल्छन
अनि दोष दिइरहन्छन
अनि थकथकाउछन
हामि एक हुन सकेनौँ भन्छन
हरेक पग्लिने तत्वहरु
अडिग नहुनेहो भए-
ए दोष मात्रै देख्नेहरु हो!
हिमाल सधैं किन-
अडिग भएर उभिइरहन्छ हँ?
फाटेर मात्रै एकता नहुने हो भए-
वादल किन फाटेर पनि वादल नै हुन्छ हँ?
तेसैले
यहाँ पग्लिएर /पोखिएर जति गए पनि
नसिद्दिने हिमाल हामीले हुनु थियो
तर हामिसंग त्यो क्षेमता कहिल्यै पलाएन
फाटेर/छरिएर जहाँ रहे पनि
आफू र आफ्नोपन परिस्कृत गर्नसक्ने
क्षमता हामिसँग हुन सकेन
या हामीले गर्न खोजेनौ
नाङ्ग्लो ठटाएर कहिल्यै
आकार निर्माण गर्न सक्दैनौं
हामी उद्देश्य बोकेर त हिड्छौँ
विना वर्तमानको भविस्य चाहनाले
सधैं भु मै रुमल्लिरहन्छौँ
किन कि हामी त
अध्यारोमा निशाना चलाउने न ठानियौँ!

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*