CCPD |
घोषणा-पत्र
तिमी र मैले लुकि-लुकि लाएको माया
बसाइ सारेर अन्तै लगेछौ
आधा मासु यो ज्यान भएको बेला
निमिट्यान्नै पार्यौ नि तिमिले
माया-प्रीतिका सबै अभिलेखहरु
वर-पिपलको छहारिमा
व्यर्थै किन बस्यौँ होला- हामि!
आखिर नौजाले माया त छुटिनै हाल्यो
परिवेश छुट्यो
समय कोल्टियो
हाम्रो हात छुट्यो
आज पवित्र नातानै छुट्यो।
समय पलपल कट्छ
घाम उदाउदाइ डाडा नाघ्छ
सम्झना बनेको हाम्रो विगत
मानशपटलमा रहिरहन्छ
हामीले गनेका ताराहरु
रात नभुली उदाउछन
तर आज हामिले
एक-अर्कालाई भुलेछौँ
सायद यहिनै होला
रसायन हुननसक्ने बाटो
किन-किन तेसरी मिल्ने हामी
दिन-रातझै फेरिएछौँ
आकस-धर्तिको फराकमा
छुट्टिएर बाच्न थालेछौँ
हामीले सजाउने भनेको संसार
खण्डहर भएर विरक्तिएछ
म यहिँ नजिक उभिएर
हतोत्साहित हुँदै
आफ्नो अन्तिम जिजिविषा पूरागर्ने तरखरमाछु
सम्झौता अपुरो उपन्यासझैँ
वियोगान्त कथामा अधैर्यभै
आफ्नो अभिनयलाई बिट मार्दै छु
इतिहास दोहोर्याउन खिज्ने
असम्भव इक्षाशक्तिलाइ
आजै निमिट्यान्न पार्दै छु
विरक्तिको रापमा-
नव्युँझिने होस ग्रहण गर्दैछु।
२०५१ साल सैपु