म नभेटिएको अदृश्य मान्छे

0
कविता
म नभेटिएको अदृश्य मान्छे

बाटोमा पनि म हिडिरहेको हुन्छु
चहुर, देउरालिहरुमा
खुइय! गर्दै बिसाएको बेला
चोक दोबाटोहरुमा
केही पर्खिरहेको
पारी पुग्न कोसिस गरिरहेको
म नदेखिने मान्छे
मलाइ थाहा छैन
मैले आफैलाइ लुकाएं कि
आफ्नै आखामा पट्टि वाधेर
आफ्नो अस्थित्वसंग टाढिएर
लुक्न खोज्दै छु?
म नभेटिएको अदृश्य मान्छे
मेरो मृगतृष्णा छट्पटिएर
मरुभूमिको रापले पाकेको मान्छे
ए! हिजो!
ए! आज!
ए भोलि!
मेरो भुत खोइ?
मेरो वर्तमान खोइ?
मेरो भविस्य खोइ?
खोइ कहाँ छ?
कहाँ छ?
म उभिएर सबैमाझ देखिने-
झकिझकाउ मञ्च?
यस्तै यस्तै
गमेर तुसारो खेप्दै छु
कहरको बाटो टेक्दै छु

आफैबाट अलग्गिएर
हराएको मेरो म
खोज्दै छु आफ्नै मूल्य र मान्यता भित्र
तै पनि वास्तविकतामा म
हुँ
नभेटिएको अदृश्य मान्छे
चन्किलो उज्यालो सहरमा पनि
हराएको पिलपिलो आकृती।


Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*