कहिलेकाही त लाग्छ
जिन्दगीलाई झुक्काइदिउँ
अध्यारोमा छाया जसरी
चोइटाएर एक्ल्याइदिउँ
आफ्नै प्रस्न आफ्नै लागि
घाँडो भैदिएको बेला
पोखिएको भाग्य जस्तै
जथाभावी लेखिदिउँ
रक्सी पिएको मान्छेलेझैँ
छाती माथी टेकिदिउँ
छातिमा किला ठोकेर
आत्नग्लानी पोखिदिउँ
सस्तो पसलको सोकेसमा राखी
सहुलियत दरमा जोखिदिउँ
खै यो जिन्दगी
कहिलेकाही किन घाँडो हुन्छ!
कुनाबासको चुबुर्को हुन्छ
पट्यार लाग्दो साधन हुन्छ
यो जिन्दगी।