गजल
हल्लै हल्लाले हल्लिने सहरमा
बाँच्दिन अब कसैको रहरमा ।।
स्वार्थी सहरमा निर्मोहीको ताँती
देखाइ आकाश झार्यो नि नहरमा ।।
एक्लै हो जिउने हिड्छु भो एक्लै
जोडिन आयौ खुसिको प्रहरमा ।।
सपना छ ठुलो जानुछ टाढा
निस्केला कोहि डुबेर जहरमा ।।