|
मनोरमा सुनुवार |
गजल
मान्छेले ढुङ्गालाई देउता बनायो,
आकृती कुँदेर तेसैको नाम जनायो।।
मनमा के छ खै मुखले देखावटी
वलिको नाउमा नृशंस मार हनायो।।
जो मन मन्दिर देखि भागि सधै टाढिन्छ
उसैले मुर्तीमा दुधको धारा खन्यायो।।
हेर्छन आसले ईस्वरका दुतहरु पर
मानवताले आफूलाई आफै नङ्ग्यायो।।