म हराएको सहर

0

                         
Paana article
Sunset

  कविता

सहरको एक कुनाबाट
मेरो दैनिकी सुरु हुन्छ
पल्लो छेउ पुग्ने मेरो वेग
एकदिन हुदैन
दुइदिन हुदैन
यो सहर
रहरै-रहरले भरिएको छ
सपनै-सपनाले ढाकिएको छ
त्यो छेउ पुगे पनि रहर पाइन्छ
यो छेउ आइपुगे पनि रहर पाइन्छ
तेसैले त मेरो दैनिकी
सहरको एक कुनाबाट सुरु हुन्छ
अर्को कुनामा पुग्दा आधा रहन्छ।
गन्तव्यमा मेरो अगाडि
सहर उभिएको हुन्छ
यो विद्रोही सहरमा
मेरो कोहि नभए पनि
दिन-प्रतिदिन नभुली
म केही न केही खोजिरहन्छु
कहि,कसैलाई भेट्न आतुर हुन्छु
केही कारणले,
तर मेरो गन्तव्य
सहरको एक कुनाबाट सुरु हुन्छ
अर्को कुनामा पुग्दा आधा रहन्छ।
मेरो पाइलामुनि
सहर सुतिदिन्छ
यो सुतेको सहर माथी
यस्को अस्थित्व चहारेर
रातभरिलाइ थकान बटुल्छु
सहरको कुना-कुनामा
रहरको थुप्रो खोज्दै
मलिन वातावरणको चीत्कार सुन्छु
एकातिर सहरको ठूलो आवाज
अर्कोतिर मेरो गन्तव्य
तैपनि मेरो दैनिकी
सहरको एउटा कुनाबाट सुरु हुन्छ
अर्को कुनामा पुग्दा आधा रहन्छ
आगामी दिनको निम्ति
मेरो दैनिकी
सहरमै बास बस्छ
सहरमै हराउछ

तेसैले त मेरो दैनिकी,
सहरको एउटा कुनाबाट सुरु हुन्छ
अर्को कुनामा पुग्दा आधा रहन्छ।
Tags

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*