Pexsels |
गजल
छामेर मुटुको चोट,छातिमा राप थामी आएँ
विकट छ नि यो संसार,दुख व्यथा छानी आएँ।।
कोहि छन दरिद्र,सपना नै नभएका पनि
सम्वृद्द कथा सुनाउदै,जानीनजानी आएँ।।
सत्रु छन धेरै,पछाडि धकेल्न मात्रै जानेका
भोक,शोकले डुबेको,ठाउँ यो ठानी आएँ।।
सबैको मानवता पसलको,सामान सरह छ
फर्क ए! नबेच इज्यत भन्दै,तानितानी आएँ।।
अँध्यारो व्यावहारले हुन्छ,वैरी आफै हो आफ्नो
आफू भित्रकै कालो मनलाई,दोस मानी आएँ।।