SOM |
नबिझाउ काडासरी,मनमा खोटको लाली बस्छ
नचिथोर अधैर्य भै,मनमा चोटको लाली बस्छ।
म त सक्दिन बिर्सन,तिमिले भनेका कुरा
झुटो कसम नदेउ कतै,अठोटको लालो बस्छ।।
हासी दुई वचन बोलोदेउ,उज्यालो जुन तिमी
लुकि छातिमा मौका नखोज,ओठको लालि बस्छ।।
बसेर मिठा कुरा,जुनेली रातभरि गरौँ लौ
हतास गरि अंगालोमा पर्दा,जोसको लाली बस्छ।।
केही मिठा सपना आज देखौँ,केही त भोलि
धैर्यताको वाँध भत्किएमा,अप्सोसको लाली बस्छ।।