चुहिएको छानो

0
Photo by Neil Martin from Pexels
Pexels


कविता


तल छु म 
कहिले सुतेको हुन्छु
कहिले पलेटी कसेर 
योजना बनाउदै हुन्छु
एकातिर झरि छ
असारको महिना
म माथी तला छ
तला माथी खरको छानो
आकासे झरी 
थेचारिन्छ धुरिमा
मक्किएको पाँजो खरको
कतै कालो,कतै गिलो
छटपटाउछु भुइतलामा
उक्लिन्छु भर्‍याङ
पन्छाउछु ढोका 
तप्प-तप्प पानी
खस्छ म माथी
प्रयास गर्छु टाल्न
चुहिएको छानो
यता टाल्छु
उता चुहिन्छ
उता टाल्छु
यता चुहिन्छ
खरको छानो
मक्किएको छानो
गिलो-भिजेको छानो
जता थिच्यो
उतै प्वाल पर्छ
जता हेर्‍यो 
लपक्क भिजेको
टाल्नु छ छानो
त्यो झरिको उपद्रो
यो छानोको विवसता
कम्मर थिचेर तङ्ग्रीन्छु
हेर्दै रमिता 
प्वाल परेको छानो!
रसिलो छानो
चुहिएको छानो।
Tags

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*