कविता

0

                                                              भग्नावशेष घर 

झ्याप्प!!

चुक घोप्टिए जस्तै
बत्ती निभ्छ
कुना-कन्तरामा
मुसाहरु कुद्न थाल्छन
लामखुट्टेहरु-
रगतको खोजी गर्दै
भौतारिन थाल्छन
कुनै मुसा-
बासी खानामा थुतुनो डुबाउछन
कुनै मुसा-
साँढेको जुधाइ गर्छन
कोठो-भकारी खोतल्छन।
रात-
निष्पष्ट अँध्यारो छ
यहि अन्धकारभित्र
अवैध सम्बन्ध रहन्छ
एकातिर-
लामखुट्टेहरुको,
अर्कोतिर-
मुसाहरुको,
चर्किएको घर
प्वाल परेको झुल
चलिरहन्छ चर्तीकला।
यहाँ छ
उत्तेजना थरीथरीको
आध्यारोको माहोलमा 
यी उद्दण्ड मुसाहरु
यी लाज पचाएका लामखुट्टेहरु
घोडा चढ्छन विवसताको 
अनि जन्माइरहन्छन-
विचलित सन्तानहरु
रगत चुस्न माहिर
यी लामखुट्टेहरु
टड्कारो आवाज फुक्दै
निर्दोष शरीर खोज्न थाल्छन
मुसाहरु-
पराइको परिश्रम लुछ्न मरिहत्ते गर्छन।
रोगले ग्रसित शरीर जस्तै
एकैछिनमा बत्ती बल्छ
लाचार बिरालो
कुनामा म्याउउ! गर्छ
मुसाहरु दुलोमा पस्छन
लामखुट्टेहरु-
भित्ताको काप-कापमा लुक्छन
परिवेश लथालिङ्ग हुन्छ।


Tags

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*