नेटमा खेलिखेली आम्दानी

0

Internet job
Internet Job

नेटमा खेलिखेली आम्दानी 


सूचना प्रविधिले विश्वलाई ग्लोबल भिलेज बनाउँदै छ ।  लाखौँ नेपाली सामाजिक सञ्जाल तथा इन्टरनेटमा अभ्यस्त भइसकेका छन् । उसो त प्रायजसोले इन्टरनेट तथा सामाजिक सञ्जाललाई सूचना र मनोरञ्जनको रूपमा प्रयोग गरेको पाइन्छ । तर, यति मात्र नभएर व्यवस्थित ढंगले व्यक्तिगत वेबसाइट निर्माण गरी सञ्चालन गरेमा आम्दानीसमेत गर्न सकिन्छ । यसै पनि सूचना प्रविधिको विकाससँगै व्यक्तिगत वेबसाइट प्रतिष्ठित मानिसका लागि आवश्यक भइसकेको छ । व्यक्तिगत वेबसाइट सञ्चालन गरेर आयआर्जन गर्ने विधि यस्ता छन् :

यसरी हुन्छ आम्दानी

वेब कन्टेन्टहरूको व्यवस्थित तथा योजनाबद्ध लेखन गरी अंग्रेजी कन्टेन्टलाई वेबसाइटमा राख्दा आर्थिक रूपमा पनि लाभ लिन सकिन्छ । त्यसका लागि गुगल एड सेन्स एप्रुभ लिनुपर्दछ । वेबसाइटमा राखेका कन्टेन्टले सर्च इन्जिनमा निर्वाह गरेको भूमिकाअनुसार व्यक्तिले गुगलबाट औसत ५ सयदेखि ३ हजार डलरसम्म आर्जन गर्न सक्छ । जसका लागि सिर्जनशील र रचनात्मक लेखहरू पोस्ट गर्दा राम्रो हुन्छ ।

पछिल्लो अवस्थामा व्यक्तिगत वेबसाइटबाट आयआर्जन गर्ने अर्को उपाय हो, फेसबुक इन्स्ट्यान्ट आर्टिकल एप सेवा । यस्तो सेवा प्रमाणीकरण गर्नका लागि कम्तीमा १० वटा सिर्जनशील लेखलाई फेसबुक पेजमार्फत सेयर गर्न आवश्यक छ।उक्त लेखन सामग्रीको भिजिटर बढाउँदै लग्नुका साथै फेसबुकले दिने विज्ञापन क्लिक हुने वातावरण सिर्जना भएमा पनि मासिक ३ सयदेखि ३ हजार डलरसम्म कमाउन सकिन्छ ।

आफ्नो विशेषज्ञताबाट ‘की वर्ड’ सेटिङ गरी आम्दानी गर्न सकिन्छ ।जस्तै–वेबसाइटमा आफ्नो विशेषज्ञता प्रदर्शन गर्न सकिन्छ र विभिन्न मान्छेले त्यससम्बन्धी सामग्री खोज्न सर्च इन्जिनमा जाँदा तपाईंको वेबसाइट अगाडि आउँछ ।जसबाट काम लिन सजिलो पर्छ । यसरी ५ सयदेखि १ हजार डलर औसतमा आम्दानी गर्न सकिन्छ ।

त्यस्तै, आधिकारिक युट्युब च्यानलको निर्माण गरी वेबसाइटसँग कनेक्ट गरेर युट्युब सस्क्राइबरको वृद्धि गर्न सकेमा पनि आम्दानी गर्न सकिन्छ । त्यसका लागि प्रमाणित एड सेन्स खातालाई च्यानलसँग लिंक गरी आकर्षिक भिडियो कन्टेन्टहरू निर्माण गर्न सकिन्छ । नेपालमा यसरी २ सयदेखि १० हजार डलरसम्म आम्दानी गरेका छन् ।

व्यक्तिगत वेबसाइटलाई दिनमा तीन घन्टा मात्र समय दिन सकेमा लाखौँ रुपैयाँ आम्दानी गर्ने सम्भावना रहन्छ । तर, यसका लागि सिर्जनशील तथा आकर्षक सामग्रीको भने आवश्यक पर्छ ।

व्यक्तिगत वेबसाइटको लोकप्रियतासँगै राम्रा सेवा तथा उत्पादनको आकर्षक डिजाइन गरी डिस्प्लेमा विज्ञापन राख्न पनि सकिन्छ । त्यसका लागि विज्ञापनदातासँग मासिक तथा वार्षिक सम्झौता गर्न सकिन्छ ।

व्यक्तिगत वेबसाइट किन ?

डिजिटल प्रोफाइललाई अनलाइन सफ्टवेयरमार्फत व्यवस्थित गर्नका लागि व्यक्तिगत वेबसाइटको अवश्यकता पर्छ ।

आफ्नो सिर्जना, सोच, योजना, लेख, जीवनवृत्त, फोटो, भिडियो, पिडिएफको व्यवस्थित र एकीकृत भण्डारण गर्न पनि यसको अवश्यकता छ ।

आफ्नो वेबसाइट भएमा निश्चित सामग्री आवश्यक परे सही र सजिलो तरिकाले प्रयोग गर्न सकिन्छ ।

गुगल तथा सर्च इन्जिनमा आफ्नो सूचना तथा जानकारी अद्यावधिक गरी आफ्ना समर्थक, पाठक, दर्शक, फ्यान, फलोअरलाई जानकारी दिन पनि यो उपयोगी बन्छ ।

समयको बचत गरी आफ्नो विवरणबारे व्यवस्थित र भरपर्दो मार्केटिङ तथा प्रचार प्रसार गर्न ।

वेब सञ्चालन टिप्स 

वेबसाइटलाई महत्वपूर्ण र आवश्यक माध्यमको रूपमा महसुस गर्नुपर्छ र त्यहीअनुसारको मिहिनेत गर्न आवश्यक छ ।

वेबसाइट सञ्चालनपछि पनि आइटी कम्पनी तथा व्यवसायीसँग परामर्श, तालिम र सल्लाह गर्न आवश्यक हुन्छ ।

वेबसाइटलाई दैनिक रूपमा निश्चित समय छुट्याउनुपर्छ ।

विभिन्न खोज तथा अनुसन्धान तथा अध्ययन गरी पठनीय सामग्री सम्प्रेषण गर्नुपर्छ ।

सामाजिक सञ्जालको भरपुर प्रयोग गरी फेसबुक लाइक, ट्विटर फलोअर, जिप्लस सर्कल साथै सर्च इन्जिनमा स्थापित गर्ने योजना लिएर अगाडि बढ्नुपर्छ ।

साभार

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*