कविता

0

By Blogger                                                                                                     थाहा 

मलाई आज
रक्सी घोडा चढ्यो
सितनसंगै-
नुनिलो/पिरो/अमिलो 
खुबै हसुरियो
छाडेन पो लौ-
तिम्रो भट्टिले
बरु आत्मले-
शरीर त्याग्नै आँट्यो 
मैले तिम्रो पसल भुल्न चाहिन कि- 
तिम्रो पसलले मोहनी लगायो!
थाहा भएन।
एकातिर,
तिम्रो पसलमा 
चुरोट बिक्यो
अनि सितन झ्याप्पै
तिम्रो सामान बिक्यो कि-
मेरो पैसा बिक्यो!
थाहा भएन।
म सधैं यहि बाटो आउछु
तिमी पसल रुङिरहन्छौ
म तिम्रो पसलमा भौतारिएँ कि-
तिम्रो पसलले मलाई पर्खियो!
थाहा भएन।
पिउँदा-पिउँदा.... 
यो जिन्दगी उस्तै भयो
जस्तो-
फलाममा सुनको जलप लगाउँदा हुन्छ
एकछिनको लागि सुन भइन्छ
रङ्ग उडेपछी उही फलाम
हिजो पनि तेसै गरियो
आज/भोलि/पर्सि
मैले मेरो खल्ती रित्याएँ कि-
तिमिले आफ्नो थैली भर्‍यौ!
थाहा भएन।
तिम्रो पसलमा
चहलपहल धेरै भयो
दिन दुइगुणा
रात चारगुणा
यसरी बढ्दै गयो-
हाम्रो व्यापारीक सम्बन्ध 
म कङ्गाल भएर पातलिएँ कि-
तिमी व्यावसाय फापेकोमा मोटायौ!
थाहा भएन।


Tags

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*